बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव भेटियो

बझाङ- बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ। यार्सागुम्बा संकलनका लागि पार्थी हिमाल गएको अवस्थामा हिमपहिरोमा परेर बेपत्ता भएकी सुर्मा गाउँपालिका-१ वेवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहराको शव आज ७ दिनपछि भेटिएको हो।

छोरासहित सुर्मा गाउँपालिकाको पार्थीहिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमालबाट घर फर्किने क्रममा वैशाख १९ गते मंगलबारदेखि हिउँ पहिरोमा परेर बेपत्ता भएकी थिइन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी कार्य गरेकोमा आज सोमबार बिहान मात्रै शव भेटिएको हो।

बेपत्ता भएको ठाउँबाट करिब एक किलोमिटर तल पार्थी भिरमा आज शव भेटिएको सुर्मा गाउँपालिका(१ का वडा अध्यक्ष दिनेश बोहोराले जानकारी दिए।

अध्यक्ष बोहोराका अनुसार ती महिलाले लगाएको सुनको गहना समेत हराएको छ। अहिले प्रहरी मुचुल्कापछि शवलाई घर ल्याएर दाहसंस्कारको तयारी भएको छ।

Loading...