दार्चुलामा हिमपहिरोमा परेका १२ मध्ये ७ जना सम्पर्कमा, पाँच अझै बेपत्ता

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित भोलिनमा गएको हिम पहिरोमा हराएका ७ जना सम्पर्कमा आएका छन् । हिमपहिरोमा १२ जनाको समूहमा रहेका उनीहरु सबै परेका थिए । ७ जना सम्पर्कमा आएकोमा ५ जना अझैँ हराइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ । चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन्। उनीहरु सबैको परिचय खुलेको छैन ।

Dadeldhura hospital

उनीहरु मध्ये डोटीको जोरायल गाउँपालिकाको बुडका तीन महिला तथा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ पोख्सेका एक महिला र एक पुरुष रहेका छन्। ब्याँसमा अहिले पनि वर्षा र हिमपात जारी छ । उद्धारका लागि हेलिकोप्टर पठाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका थिए ।

Navadurga sun
Godawari sandesh

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको बताइन । यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेका थिए । सुरक्षाकर्मीहरु दुई,तीन घण्टा लगाएर त्यहा पुगेका हुन । टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाने गरेका छन् ।

Loading...