बझाङमा एक जना मृत फेला

Dadeldhura hospital

बझाङ- बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङगालाका ५५ वर्षीय परु गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार गिरी छबिसपाथिभेरा गाउँपालिका–१ तलीचौरस्थित सेती नदीको दोभानमा मृत अवस्थामा फेला परेका हुन्। गिरी बिहीबार मृत अवस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

Loading...