सुदूरपश्चिममा थप १८५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु, ७९४ कोरोनामुक्त भए

अत्तरिया, २२ जेठ- सुदूरपश्चिम प्रदेशमा शनिबार १ सय ८५ कोरोना संक्रमित थपिएका छन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा ९९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार पिसिआर बिधिबाट ४ सय १० र एन्टिजेन विधिबाट ७ सय ८ नमूनाको कोरोना परिक्षण गरिएको थियो ।

Dadeldhura hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९४ जनाले कोरोना जितेका छन । शनिबार कोरोना संक्रमणबाट सुदूरपश्चिममा ४ जनाको मृत्यु भएको छ । जसमा कैलालीका २ जना, कञ्चनपुरका र डडेल्धुराका १-१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

हालसम्म सुदूरपश्चिम प्रदेशमा दुवै विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमित संख्या ४१ हजार १ सय २६ पुगेको छ। जसमध्ये ३० हजार ३ सय १२ जनाले कोरोना जितेका छन ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Loading...