पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ- आज देशका पहाडी भेगमा वर्षा तथा तराई क्षेत्रमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यसमा विशेषगरी कोशी प्रदेशको पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना अलि बढी छ। यसैगरी आज काठमाडौँ उपत्यकामा पनि कतै कतै छिटपुट वर्षाको सम्भावना छ। यसबाहेक देशका पहाडी भेगका अन्य स्थानमा पनि हल्कारक्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

Navadurga sun

यस्तै आज दिउँसो तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। ‘हावाहुरीको अलि बढी सम्भावना मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा देखिएको छ’, मौसमविद् शाक्यले भनिन्।

मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ।

ADD Khali jpg
Loading...