बझाङ्गको चैनपुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा




बझाङ्ग, २१ जेठ- बझाङ्ग सदरमुकाम चैनपुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । पछिलो समयमा सदरमुकाम चैनपुरमा रहेका दर्जनौ बैंकका एटिएम मेसिनले काम नगर्दा दिनहुँ ग्रामीण भेगबाट आएका उपभोक्ताहरुले सास्ती भोग्दै आउनु परेको छ ।



अहिले यो कोरोनाको समयमा बैंकहरु बन्द भएता पनि एटिएम सुबिधा पाउनु पर्ने ठाउँमा उल्टै एटिएमले धोका दिएको स्थानियबासी रुपक खड्काले बताए । २४ धण्टा सुचारु हुने एटिएम यति बेला सदरमुकाम चैनपुरमा साँझ ७ बजे नै बन्द हुने भएकाले स्थानियहरुले त्यसबाट कुनै टेवा नपुगेको बताएका छन् ।


अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैंकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकर्सित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ ।



