क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

अत्तरिया- कञ्चनपुरको कंचन बहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरेका छन ।

परिक्षा केन्द्र एक्कासि अन्त सारिएको भन्दै उनिहरुले कार्यालयमा तालाबन्दी गरेका हुन । विगतदेखी आफ्नै क्याम्पसमा हुदै आएको परिक्षा केन्द्र अकस्मात अन्त सारिएकाले तालाबन्दी गरिएको क्याम्पसका स्ववियु सभापति देव बहादुर साउँदले बताए । उनले अकस्मात परिक्षा केन्द्र सारिदा विद्यार्थीहरु अन्यौलमा परेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘हिजो मात्र अकस्मात परिक्षा केन्द्र सारिएको थाहा पायौँ । केही विद्यार्थीहरुको धनगढीमा राखिएको छ भने केहीको झलारीमा राखिएको छ’ उनले भने ‘परिक्षा केन्द्र सारिएको कतिपय विद्यार्थीहरुलाई जानकारी समेत छैन । यसरी विद्यार्थीहरुको भविष्यमाथी खेल्न पाईदैन ।’ उनले ४ गते देखी सञ्चालन भैरहेको परिक्षाको केन्द्रका विषयमा १ गते मात्रै जानकारी पाईएको बताए ।

परिक्षा केन्द्र सारिदा करिब २५० भन्दा बढी विद्यार्थीहरुलाई समस्या परेको क्याम्पसका स्ववियु कोषाध्यक्ष रमेश बोहराले बताए । उनले विद्यार्थीहरुलाई अनावश्यक दुख दिने किसिमले गरिएको निणर्य सच्याउनुपर्ने बताए । उनले आफुहरुले आफ्नै क्याम्पसमा परिक्षा केन्द्र राख्नुपर्ने माग अघि सारेको र त्यसो नभए चरणबद्ध आन्दोलनहरु गर्ने समेत चेतावनि दिए ।

विद्यार्थीहरुले शनिबार परिक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन भने सांकेतिक चक्काजाम गर्ने पनि जनाएका छन । परिक्षा बहिस्कार गर्नुका साथै क्याम्पस र परिक्षा नियन्त्रण कार्यालयमा अनिश्चित तालाबन्दी गर्ने विद्यार्थीहरुले बताएका छन् ।

Loading...