धनगढी- प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ । चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूणर् तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए ।




धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीय हुनेलाई १० र तृतीय हुने समूहलाई ५ हजार पुरस्कार दिइनेछ । फेन्सिङ खेलका सेभर र इपि विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । दुबै विधामा जुनियर र सिनियर महिला र पुरुषको अलगअलग प्रतिस्पर्धा हुनेछ ।


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पहिलो स्वणर् पदक दिलाउने फेन्सिङ खेलको जगेर्ना गर्ने उद्देश्य प्रतियोगिता गर्न सहयोग गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकले बताए ।
उनले सबैको हातेमालो र सहयोगले पहिलोपटक प्रतियोगिता हुन लागेको बताए । चैत २९ गते विहान ११ बजे प्रथम मुख्यमन्त्री फेन्सिङ कप, २०७९ को उद्घाटन गरिने अध्यक्ष शाहीले बताए ।




