

डडेल्धुरा– डडेल्धुरामा लागुऔषध चरेस बिक्री वितरण गर्ने एकजना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नं. ८ खनमडाका ६० वर्षीय करनराज पाण्डेय पक्राउ परेका हुन् ।



खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।


पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्रार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ। घरमा लुकाइ-छिपाई राखेको अवस्थामा ७ सय ग्राम लागुऔषध चरेसजस्तो देखिने पर्दाथ बरामद गरिएको डीएसपी भट्टले बताए । उनका अनुसार पाण्डेयलाई नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भइरहेको छ ।