कञ्चनपुरमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो (जारी आदेश सहित)
कञ्चनपुर, २० जेठ- कञ्चनपुरमा जारी निषेधाज्ञा लम्बिएको छ । बिहीबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निणर्य अनुसार जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।



जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।



महतोका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने बताएका छन् ।
त्यसैगरी तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निणर्य भएको छ । त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी हुन पाउने उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :






