

डोटी– डोटीको पुर्वीचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गाउँपालिका कमिटी र युवा संघ नेपालले विभिन्न १४ बुँदे सवालहरु राख्दै संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।



युवा संघका अध्यक्ष राहुल बोहराले प्रेश विज्ञप्ती जारी गर्दै गाउँपालिकामा अपारदर्शी तथा पक्षपातपूणर् ढंगले कानुनको उपहास गरी स्वईच्छाचारी ढंगले काम भैरहेकाले त्यस्ता क्रियाकलापको विरुद्धमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन् । उनले गाउँपालिकालाई बर्वाद बनाउने दुस्चक्र चलिरहेको बताए ।


उक्त सवाहरुमा १ वर्षदेखी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल विहिन हुनु, कर्मचारीहरुले लामो समय सम्म तलब नपाउनु, सामाजिक सुरक्षा भत्ता र काम सम्पन्न भएका विभिन्न योजनाको भुक्तानी नहुनु, स्वास्थ्य चौकीमा आधारभुत औषधीहरुको अभाव हुनु, करार शिक्षक र रोजगार सहायकको विज्ञापन गरी लामो समयसम्म परिक्षा गर्न नसक्नु लगायतका सवालहरु उठाईएको छ ।

