

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा तरकारी बालीमा बाली अवधिभर आई.पि.एम सहजकर्ता तालिम सम्पन्न भएको छ ।
कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा कृषि तालिम केन्द्र सुन्दरपुरका प्रमुख गोकुल बोहराको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा जिल्ला समुन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा र बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा विशिष्ठ अतिथि रहनु भएको थियो ।



कार्यक्रममा कृषि मन्त्रालयका सचिव, टिकापुर कृषि क्याम्पसका डिन, वेदकोट नगरपालिका वडा नं. ५,७,९ का वडा अध्यक्षहरुको समेत सहभागी रहेको थियो ।


उक्त तालिमको सहजीकरण तालिम केन्द्रका निवर्तमान प्रमुख बीर बहादुर चन्द र राम कृष्ण सुबेदीले गरेका थिए । गत पुसदेखि सञ्चालन गरिएको तालिममा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका किसानहरु सहभागीता रहेको थियो ।