बैतडीको सुर्नयाका युवाहरुद्वारा बिरामी बोक्न निःशुल्क गाडीको व्यवस्था

बैतडी, २० जेठ- बैतडीको सुर्नया गाउँपालिकाका युवाहरुले महामारीका बेला निःशुल्क गाडीको व्यस्थापन गरेका छन् । पत्ताल भुवनेश्वर युवा जागरण मञ्च र नेचुरल अर्गनाइजेसनले कोरोना महामारीमा बिरामी बोक्न गाडीको व्यवस्था गरेका हुन् ।

Dadeldhura hospital

कोरोना माहामारीमा जुनसुकै बिरामीलाई गाउँबाट निःशुल्क अस्पतालसम्म पुर्‍याउन गाडीको व्यवस्था गरेका पत्ताल भुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष बिनोद विष्टले बताए । गाउँपालिकामा एम्बुलेन्स नभएका बेला युवाहरुले आर्थिक संकलन गरेर निःशुल्क गाडीको व्यवस्था गरेको उपाध्यक्ष बिष्टले बताए ।

Navadurga sun
Godawari sandesh

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा सवारीसाधनको अभावले बिरामी नागरिकहरुलाई समस्या नहोस् भनेर आकस्मिक गाडीको सेवा सञ्चालन गरिएको विष्टले बताए ।  युवाहरुको आर्थिक सहयोगबाट अहिले एक महिनासम्मका लागि बिरामी बोक्न गाउँपालिका भित्र बिहीबार देखिनै आकस्मिक गाडीको सेवा सञ्चालनमा ल्याइएको बताइएको छ ।

आर्थिक अभावले अस्पताल जान नसकेर अप्ठेरोमा परेका नागरिकहरुले ९८११६६०८०३, ९८४८८३६२६७, ९८६१८९००८१, ९८४८८९१४७१ र जीप चालक ९८४२२५७६२६ मा सम्पर्क गर्न सक्नेछन् ।

Loading...