घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

काठमाडौं- नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको छ। ‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ। रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ,’ उनले भने, ‘सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। ‘पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहनुहुन्छ। सचिवालय सदस्य संख्या १९ पुगेको छ,’ उनले भने।

भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए। भुसाल एमाले छाडेर गत मंसिर ४ को चुनावमा रूपन्देही १ मा स्वतन्त्र उम्मेदवार उठेका थिए। उनी पराजित भएका थिए।

भुसाल २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवशेनबाट उपमहासचिव बनेका थिए। साथै २०७८ मंसिरमा भएको दसौं महाधिवेशनमा उपाध्यक्ष पराजित भएका थिए।

Loading...