आजदेखि कांग्रेस सत्ता पक्षको बेञ्चमा

काठमाडौं– नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल (प्रचण्ड) लाई गत पुसमा विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्दै आएको नेपाली कांग्रेस प्रतिनिधि सभाको बैठकमा अबदेखि सत्तापक्षको बेञ्जमा बस्ने भएको छ।

Dadeldhura hospital

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रकाशशरण महले बैठकले सरकारमा समावेश हुने निर्णय समेत गरेको जानकारी दिए।

Navadurga sun
Godawari sandesh

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा समेत सहभागी हुने भएपछि संसद्‌मा अब पार्टी सत्तापक्षको बेञ्चमा बस्ने प्रवक्ता महतको भनाइ छ। ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने भएपछि सत्तापक्षीय पंतिमा रहने कुरा स्वत: सिद्ध हुन्छ,’ कांग्रेस प्रवक्ता महतले भने।

यसअघि कांग्रेसले सरकारमा सहभागी भएपछि मात्रै सत्ता पक्ष बन्ने अडान लिएपछि संसद् बैठक लामो समयका लागि सारिएको थियो।आइतबारको संसद् बैठकलाई कांग्रेस र एमालेबीच प्रतिपक्षमा बस्ने विषयले प्रभावित पार्ने देखिएको थियो। तर, कांग्रेसले आइतबार नै संसद् सचिवालयलाई सत्ता पक्ष कायम भएको पत्र पठाउने भएको छ।

Loading...