कैलालीको अत्तरियाबाट बालबालिकाको उद्धार, आमा बेपत्ता

धनगढी- कैलालीको अत्तरियाबाट २ बालबालिकाको उद्धार गरिएको छ । अत्तरिया बसपार्कबाट बझाङको छन्ना घर बताउने ६ वर्षीय बालिका आयुसु गिरी र ४ बर्षिय दिपु गिरीको उद्धार गरिएको हो ।

बसपार्क नजिकै एक होटेलमा अलपत्र अवस्थामा भेटिएका ती बालबालिकाको उद्धार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पु-याएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले बालबालिका अलपत्र भेटिएको खबर पाएपछि उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा  पु-याएका बताएका छन । उद्धार गरिएका ती बालबालिकाले आफू आमासँगै आएको प्रहरी समक्ष बयान दिएका छन् ।

उनीहरूले आमाको नाम सिता गिरी र बुवाको नाम राजेश गिरी बताएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बरालले बताए ।

उनका अनुसार अत्तरिया बसपार्क नजिकै रहेको राउला केदार होटेलमा आमासँगै आएका ती बालबालिकालाई आमाले होटेलमै छोडेर गएकी थिइन् । आमा सँगै भारतबाट आएका ती बालबालिकालाई छोडेर आमा अरू पुरुष सँग गएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

उद्धार गरिएका ती बालबालिकालाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेव हाउसमा राखिएको छ । सँगै आएकी आमा कहाँ गइन भन्ने बारेमा खुल्न नसकेको डिएसपी बरालले बताएका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...