स्ववियु चुनाव : कञ्चनपुरमा एमाले–कांग्रेस–माओवादीका विद्यार्थीबीच तालमेल

कञ्चनपुर- कञ्चनपुरका ६ वटा क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत मतदान सुरु भएको छ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका यी क्याम्पसहरुमा अहिले बिहान ८ बजे मतदान सुरु भएको हो। सम्बन्धित क्याम्पसहरुले मतदानको सम्पूर्ण व्यवस्थापन मिलाइसकेको र मतदान सुरु भएको जनाएका छन्।

कञ्चनपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत १५ क्याम्पस सञ्चालनमा छन्। तीमध्ये ७ वटा क्याम्पसमा तालाबन्दीका कारण चुनाव नहुने भएको छ। महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस, बालजागृति, शारदा विद्यापीठ, जनज्योति क्याम्पस, कञ्चन विद्या मन्दिर, वारिधी र दोधाराको भानु बहुमुखी क्याम्पसमा चुनाव स्थगन भएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिमुवाको दानेश्वर हरी क्याम्पसमा यसअघि नै निर्विरोध स्ववियु नेतृत्व छनोट भइसकेको छ। वंकको उदय सरस्वती बहुमुखी क्याम्पसमा भने चैत १० गतेका लागि निर्वाचनको मिति तोकिएको छ।

यी बाहेक झलारीको कृष्ण बैजनाथ क्याम्पसमा चुनाव भइरहेको छ। यहाँ एमालेनिकट अनेरास्ववियु र माओवादीको अखिल ९क्रान्तिकारी० बीच चुनावी तालमेल छ।

चुनाव भइरहेको गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघ र अखिल (क्रान्तिकारी), बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच तालमेल छ।

पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघर अनेरास्ववियुबीच चुनावमा मिलेर जाने सहमति छ। बेलडाँडीको रौलेश्वर आर्दश र रामपुरमा भने सबै विद्यार्थी संगठन एकल रुपमा चुनावी प्रतिस्पर्धामा छन्।

 

Loading...