संसद्‌ बैठकमा पेश हुँदै सत्य निरुपण र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरिएको छ।

Dadeldhura hospital

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh

शनिबार बसेको सत्ता साझेदार १० वटा दलको बैठकले विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको थियो। सरकारले गएको फागुन २५ गते उक्त विधेयकलाई संघीय संसद सचिवालयमा दर्ता गरेको थियो। यो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो।

Loading...