


अछाम– अछाममा १७ वर्षीय बालिका बलात्कृत भएकी छिन् । जिल्लाको साँफेबगर स्थित एक होटेलमा शुक्रवार राति बाजुराकी एक बालिका बलात्कृत भएकी हुन्।


प्रहरीले बलात्कार गरेको आरोपमा ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।



