उपराष्ट्रपतिको निर्वाचन ६ सांसदले गरेनन् मतदान

काठमाडौं– उपराष्ट्रपतिको निर्वाचनमा ६ जना जना सांसदले मत व्यक्त गरेनन्। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलदेखि भारतमा उपचार गराइरहेका चन्द्र भण्डारीसम्मको मत समावेश नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Dadeldhura hospital

नयाँ बानेश्वरमा उपराष्ट्रपतिको निर्वाचन जारी गरेको छ। उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन्।

Navadurga sun
Godawari sandesh

जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएकी छन्। उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निस्क्रिय गराएकाले मतपत्रमा भने उनको पनि नाम पनि उल्लेख छ।

उपराष्ट्रपतिको निर्वाचनमा मत व्यक्त नगर्ने सांसद:
रामचन्द्र पौडेल (राष्ट्रपति)
शहनाज रहमानन (निधन)
लक्ष्मी महतो (बिरामी)
चन्द्र भण्डारी (बिरामी)
वर्षमान पुन (बिरामी)
मनोरमा शेरचन (बिरामी)

Loading...