कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दै छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

Dadeldhura hospital

बैठकमा उराष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने हुने बताइएको छ। उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान हुँदै छ।

Navadurga sun
Godawari sandesh

उपराष्ट्रपति पदमा दशदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।

Loading...