

अत्तरिया- बजार क्षेत्रमा जडान गरिएका सिसीटिभी क्यामरा सडक बत्ती प्रहरीलाई हस्तान्तरण गरिएको छ । कैलालीको चुरे गाउँपालिकाले खानीडाडा बजार क्षेत्रमा सिसी क्यामरा सडक बत्ती जडान गरेको छ । शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै १६ वटा सिसीटिभी क्यामरा बजार क्षेत्र लगायत अन्य ठाउमा जडान गरिएको चुरे गाउँपालिका निमित्त प्रमुख प्रशाशकिय अधिकृत विविराज सोतीले बताए ।





बगैचुलादेखि फल्टुडे ईलाका प्रहरी र चुरे ५ को मिलन चोक खानीडाडादेखि निङ्गलाडीसम्म लगभग एक किलोमिटर सडकमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले मंगलबार आयोजित एक कार्यक्रममा सिसीटिभी क्यामरा सेवाको शुभारम्भ गर्दै सुरक्षा र सञ्चालनका लागि ईलाका प्रहरी कार्यालय फल्टुडेका इन्स्पेक्टर धर्मसिह बिष्टलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै कैलालीको चुरे गाउँपालिकाको आर्थिक सहयोगमा चुरे गाउँपालिकाको मिलन चोक, खनिडाँडा देखि निङलाडी पुल सम्म बजारमा सडक बत्ती समेत जडान गरिएको छ ।


उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बोगटीले बोल्दै सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । समाजमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम गर्न सिसी क्यामरा र सडक बत्तीले महत्वपूर्ण भूमिका खेल्ने बताए। सिंगो चुरे गाँउपालिकाको बिकास निमित्त म कटिबद्ध छु । तर बिकास भनेको नियमित प्रक्रिया हो उनले भने ।

व्यापारीहरुलाई बजारको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरेका थिए । यो बजार नौ जिल्लाको मुख्य मार्ग हो । यो पर्यटकिय क्षेत्र पनि हो। हामी सबै लागेर सुन्दर चुरे बनाउन बाहिरबाट आउने पर्यटकलाई हामीले स्वागत गर्न जानेका छौकी छैनौ । यो आजको आवश्यकता रहेको उनले बताए । उनले भने सिसीटिभी क्यामरा र सडक बत्तीले बजारमा हुने विकृति विसङ्गति र दुर्घटना जस्ता अप्राद न्युनिकरणसँगै शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सिसी क्यामरा जडानले सहज हुने उनले बताए । बजार क्षेत्रका व्यापारीहरुले ध्यान दिनुपर्ने कुरा लागुऔषध रहेको उनले बताए ।

चुरे उगाँपालिका वडा नं. ५ का अध्यक्ष वीर बहादुर धामीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अथिति गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहेका थिए । त्यस्तै, ईलाका प्रहरी कार्यालय फल्टुडेका इन्स्पेक्टर धर्मसिह बिष्ट,नेकपा एमाले चुरे उगाँपालिका ईन्चार्ज नरबहादुर तामाङ्ग, नेकपा एमाले कैलाली जिल्ला सल्लाहाकार संयोजक महादेव भट्ट लगायत बिभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभगिता रहेको थियो ।
सुचना प्रविधि कृष्ण बहादुर भाटले प्रविधि सिसीटिभी क्यामराको उपयोगिताका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन ५ का वडा सचिब खगेन्द्र बहादुर बोहराले गरेका थिए ।