सुदूरपश्चिमका ३२ क्याम्पसमा स्ववियु चुनाव हुँदै

कैलाली- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनअन्तर्गत सुदूरपश्चिममा ३२ सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । विभिन्न विद्यार्थी सङ्घ, सङ्गठन तथा स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको हो ।सुदूरपश्चिम प्रदेशमा सामुदायिक ६५ क्याम्पस रहे पनि स्ववियु निर्वाचनमा ३२ वटाले मात्र भाग लिएको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिकतर्फको नामावली दर्ता गरिएको हो । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा सङ्घ सङ्गठन र स्वतन्त्रबाट गरी ३८ जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

Navadurga sun

घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले अध्यक्षमा २ स्वतन्त्र ५ सङ्घसङ्गठनबाट उम्मेदवारी परेको जानकारी दिए । त्यसैगरी समानुपातिकतर्फका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले मात्र बन्दसुची दर्ता गराएको निर्वाचन संयोजक बिनाडीले जानकारी दिए । उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले गठबन्धन गरेका छन् ।

कैलालीमा घोडाघोडी लगायत १० सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्यसैगरी कञ्चनपुरमा सात, बैतडीमा चार, दार्चुलामा तीन, बझाङमा चार क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी सङ्घसङ्ले उम्मेदवारी दर्ता गराएका छन् । अछाममा त्रिपुरासुन्दरी क्याम्पस, डोटीमा डोटी क्याम्पस, डडेल्धुरामा डडेल्धुरा क्याम्पस, बाजुरामा बुदीनन्दा क्याम्पसमासमेत स्ववियु चुनावका लागि उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेको सामुदायिक क्याम्पसमध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या घोडाघोडी बहुमुखी क्याम्पसमा रहेको जनाइएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमा दुई हजार २४७ जना मतदाता छन् । उक्त क्याम्पसमा १९ सदस्य स्ववियु समितिका लागि निर्वाचन हुनेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितका सदस्य सचिव पशुपति अधिकारीले सुदूरपश्चिममा सिद्धनाथ बहुमुखी क्याम्पस बाहेक अन्य क्याम्पसमा उत्साहजन मनोनयन दर्ता भएको जानकारी आफूले पाएको बताए ।

उनका अनुसार देशभर ६१ आङ्गिक क्याम्पस र ५०० बढी सामुदायिक क्याम्पसले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता गराई निर्वाचन प्रक्रियामा उत्साहजनक रुपमा भाग लिएको बताए । स्ववियु निर्वाचनको मतदान चैत पाँचमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...