उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध एमालेले दियो उजुरी

काठमाडौं- नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिएको छ।यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा नेकपा एमाले सा‌ंसद महेश बर्तौलाले उजुरी दिएका हुन्।

संविधानको व्याख्या अनुसार महिला उम्मेदवार हुनुपर्ने भएकाले उनीविरूद्ध उजुरी दिएको बर्तौलाले बताए। जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताएका थिए। ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ।

आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भनेका थिए,‘रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

Loading...