प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुविरुद्ध दायर भएको रिटमा आज शुक्रबार सुनुवाइ हुने भएको छ। यसअघि बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको थियो।

Dadeldhura hospital

प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए।

Navadurga sun
Godawari sandesh

सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।

प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो। गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश गरेको थियो। लगत्तै मंगलबार निवेदकहरुले रिट दायर गरेका थिए।

Loading...