कांग्रेस-एमाले सहकार्यबारे ओलीलाई गगनको जवाफ: २०८४ अघि सम्भव छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन्।बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

Dadeldhura hospital

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए। ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन’, उनले भनेका थिए।

Navadurga sun
Godawari sandesh

केहीबेरपछि मतदान गरेका थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसदको यो कार्यकालमा सहकार्य नहुने बताएका हुन्। ‘एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिनेरु पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ थापाले भने,‘२०८४ को चुनावपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं, त्योभन्दा अघि सम्भव छैन।’

Loading...