काठमाडौं- सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको जैनोलीमा जन्मिएर पनि उनी प्रजातन्त्रको महिला सेनानी बनिन्। १९७१ मा जन्मिएकी द्वारिकादेवी ठकुरानीले दक्षिण एसियाकै पहिलो महिलामन्त्री बनेर इतिहास रचिन्।



२०१५ को आमनिर्वाचनमा जितिन् पनि र त्यतिबेलाको एकमात्र महिला उम्मेदवार बनिन्। विरोधीले उनको क्षेत्रमा ‘पेटीकोटलाई भोट नदेऊ’ भन्ने नारा लगाए।


जतिबेला चुनावमा सात महिला मैदानमा थिए। ठकुरानीले नेपालको इतिहासमा पहिलोपटक महिला सांसदमा निर्वाचित भएको इतिहास बनाइन्।
२०१६ सालमा बीपी कोइरालाको नेतृत्वमा मुलुककै पहिलो जननिर्वाचित सरकार गठन हुँदा द्वारिकादेवी स्वास्थ्य र स्वायत्त शासन मन्त्रालयको उपमन्त्री बनिन्। जसले दक्षिण एसियामै पहिलो महिलामन्त्रीको इतिहास रचिन्। अन्नपूर्णबाट