तीन दिनमा एक पटक पानी

बैतडी- बैतडी सदरमुकामवासीलाई तीन दिनमा एक पटक पानी दिन थालिएको छ। बैतडी साना सहरी खानेपानीका पाइपमा चुना जमेर पानी आपूर्ति कम भएको भन्दै दशरथचन्द नगरपालिका–४, गढी र शाहीलेक क्षेत्रमा तीन दिनमा एक पटक पानी वितरण थालिएको हो।

सदरमुकाम क्षेत्रमा एक हजार ६० वटा धारा रहेका छन्। यहाँ दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ। छ इन्च व्यास भएको पाइपभित्र चुना ९क्याल्सियम० जम्दा पाइपको व्यास चार इन्चमा झरेको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल दैनिक तीन लाख लिटर पानी आपूर्ति हुन थालेपछि तीन दिनमा एक छाक पानी दिने गरेको उनले बताए ।

सात वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द हुने अवस्था आएपछि सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ।

तीन दिनमा एक पटक पानी आउन थालेपछि सदरमुकाम क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थी र होटल सञ्चालक समस्यामा परेको स्थानीय श्याम खत्रीले बताए ।

Loading...