लागु औषधसहित २ जना पक्राउ




धनगढी, १७ जेठ- कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।



कैलालीको भजनी नगरपालिका दुधुवाफाटास्थित सडकखण्डमा से.७ प.८६४७ नम्बरको स्कुटरमा सवार वडा नं. १ बौनियाका २८ वर्षीय गणेश कोली र सोही नगरपालिका वडा नं. २ का ३२ वर्षीय मनोज मल्ललाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले बताए ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागु औषध ब्राउन सुगर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर अनुसन्धान भइरहेको छ ।



