कैलालीमा जेठ २१ पछि निषेधाज्ञा केही खुकुलो हुने





धनगढी, १७ जेठ- कैलालीमा कोरोना संक्रमित घटे संगै २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने तयारी भइरहेको बताए ।


अहिले नै मोडालिटी तयार भएको छैन् तर केही खुकुलो हुँदै जाने जोशीले बताए । कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो ।



