बैतडीमा पिकनिक मनाउन गएका युवक मृत फेला

बैतडी– पिकनिक मनाउन गएका बैतडीका एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत फेला परेका हुन्। शनिबार दिउँसो साथीहरुसँग पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ।

मृतक युवक शनिबार आफन्त र नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको खबर आएको दशरथचन्द नगरपालिका–६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए। बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...