कक्षा १२ को रुटिन केही दिनमा प्रकाशित गरिने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ। २०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ।

Dadeldhura hospital

परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित फागुन १५ गतेसम्म तोकिएको छ। अबिलम्ब शुल्क नतिरेर माघ मसान्तसम्मको म्याद थियो।

Navadurga sun
Godawari sandesh

दोब्वर दस्तुर तिरेर आवेदन बुझाउने म्याद सकिएपछि परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बोर्डको वार्षिक कार्यतालिका अनुसार माघ मसान्तभित्रमा रुटिन निकालिसक्नु पर्ने थियो । तर आवेदन फारम नै ढिलागरी खुलाइएको थियो।

Loading...