गोदावरी नगरपालिकालाई आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिन शिक्षक संगठनको माग




अत्तरिया, १६ जेठ- कैलालीको गोदावरी नगरपालिकालाई आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकता राख्न माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समितिले नगरपालिकालाई आफ्ना कार्यक्रम सहितको पत्र पेश गर्दै आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिन माग गरिएको हो ।


नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति, गोदावरी कैलालीले पेश गरेको पत्रमा गोदावरी नगरको शिक्षा क्षेत्रको विकासका लागि बिभिन्न १८ बुदे माग राखिएको छ । जसको पहिलोमा आगामी बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न अनुरोध गरिएको छ ।



नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिका अध्यक्ष नरेन्द्र शर्माद्वारा हस्ताक्षित माग पत्र तथा कार्यक्रममा सामुदायिक बिद्यालयमा कार्यरत सम्पूणर् निजि स्रोतका शिक्षकहरु र कर्मचारीहरुलाई नगर शिक्षा र नगर कर्मचारीका रुपमा राख्ने, निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुलाई पोसाक भत्ता उपलब्ध गराउने, बाल विकास कक्षका स.का.लाई प्रदान गरिदै आएको पारिश्रमिक न्यून रहेकाले उनीहरुको पारिश्रमिक बढाउन माग गर्ने, शिक्षकहरुलाई तालिमको ब्यबस्था मिलाउन, विद्यार्थीहरुको प्रतिभा विकासको गर्नका लागि तहगत रुप र क्षेत्रगत रुपमा विभिन्न आन्तरिक क्रियाकलापहरु संचालनको व्यवस्था मिलाउन, छात्राहरुलाई निःशुल्क रुपमा दिदै आएको सेनेटरी प्याडको प्रयोग तथा ब्यबस्थापनका लागि बिद्यार्थी संख्यालाई मध्यनजर गरी आवश्यक प्रयोग कक्षाहरु निर्माणको व्यवस्था मिलाउन, गोदावरी नगरपालिका भित्र सञ्चालनमा रहेका कुनै दुई वटा विद्यालयहरुलाई नमुना विद्यालय छनौट गरी त्यसका लागि आवश्यक बजेट बिनियोजित गर्न, प्रत्येक विद्यालयमा आवश्यक भौतिक संरचना निर्माणको व्यवस्था मिलाउन पत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी विद्यालय भित्रका भौतिक कुराहरुको मर्मत तथा सम्भारमा आवश्यक व्यवस्था मिलाउन, कम्प्युटर र त्यस सम्वन्धी उपकरणहरु नभएको विद्यालयमा उपलव्ध गराउन माग, बिद्युत सेवा नपुगेका बिद्यालयहरुमा सौर्यबत्ति जडान गर्ने व्यवस्था मिलाउन, जुन विद्यालयहरुमा बाल कक्षा संचालन नभएका बिद्यालयमा बाल कक्षा संचालन गर्न व्यवस्था मिलाउन, बाल बिकासमा कार्यरत स.का.लाई तालिमको व्यव्सथा गर्न मिलाउन पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त पत्रमा राम्रो बिद्यालय, कुशल प्रध्यानाध्यापक, मेहेनती शिक्षक तथा बिद्यालयमा उल्लेखनीय काम गर्ने ब्यबस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कारको प्रदान गर्ने ब्यबस्था मिलाउन, नमुना विद्यालय अवकोलकनका लागि गत वर्ष गइसकेका प्र.अ.हरु बाहेकका अन्य प्र.अ.तथा शिक्षकहरुलाई अवलोकन भ्रमणको व्यवस्था मिलाउन, बिद्यालय कर्मचारीलाई प्रशासन, लेखा र सूचना प्रविधि सम्बन्धि तालिम व्यवस्था गर्न, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई आवश्यक छात्राबृति प्रदान गर्ने व्यवस्था लगायतका मागहरु उक्त पत्रमा उल्लेख गरिएका छन् ।




