सुदूरपश्चिममा आज ४५५ मा कोरोना संक्रमण पुस्टि, ७० जना निको, ८ जना संक्रमितको मृत्यु

अत्तरिया, १६ जेठ- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ९४८ नमुना पीसीआर तथा ३ वटा सीमानाकामा ६८७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा ४५५ जनामा संक्रमण पुस्टि भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ७५३ जनाको नमूना परीक्षण गर्दा २३५ जना, महाकाली अस्पतालमा ३३ नमूना परीक्षण गर्दा १० जना, बझाङ अस्पतालमा ८७ जनाको नमूना परीक्षण गर्दा ४५ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ७५ जनाको नमूना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी पछिल्लो २४ घण्टामा ७० जना संक्रमित निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । कैलालीका २ जना कञ्चनपुरका ५ जना र बाजुराका १ जना गरी ८ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

त्यसैगरी हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २४ हजार १९१ नमूना परीक्षण गर्दा ३९ हजार १२१ जनामा संक्रमण पुस्टि भएको छ । हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २३ हजार ७८१ जनाले कोरोना जितेका छन् भने, ४९५ जनाको मृत्यु भएको छ ।

Couple
Loading...