साबिक विजेता सत्यवतीलाई पराजित गर्दै लोटस आई बन्यो एलपीएलको च्याम्पियन

धनगढी- कैलालीको धनगढीमा सम्पन्न सातौँ संस्करणको विद्यालय स्तरीय अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ ।

Ganyapdhura gau

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो । सत्यवती एकेडेमीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११.३ ओभरमै भेटायो ।

Navadurga sun

लोटस आईको ब्याटिङमा लक्की कडायतले सर्वाधिक ४१ रन बनाए जुन क्रममा अविजित रहँदै ३२ बलमा ७ चौका प्रहार गरे । आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए । सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इमरान र सोनुले ३५ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरहरु लामो समय क्रिजमा जम्न सकेनन् ।

Dadhaldhura pur

लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले ४/४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा मात्र ६ रन तथा शाहले ४ ओभरमा ८ रन खर्चिए । हिक्मत महरा र सुवास रावलले १/१ विकेट लिए।

उपाधि जितेपछि प्रतिक्रिया दिने क्रममा लोटस आईका कप्तान विरेन्द्र नाथले टिमको सकारात्मकता र तालमेल प्रमुख कारण रहेको बताए – “ हाम्रो टिम सधैं सकारात्मक भएर खेल्यौं र टिमको तालमेल निकै राम्रो थियो। फाइनलमा हामीले बिपक्षीलाई एक सय भन्दा कममा समेट्ने लक्ष्य लिएका थियौं जुन बलरहरु पुरा गरेर देखाए। त्यसले दोश्रो इनिंग्समा लक्ष्य पछ्याउन सहज भयो।“

उपविजेता बनेपछि सत्यवती एकेडेमीका कप्तान सुजन गौतमले फैनलमा ब्याटिंग धरासायी हुनुलाई दोष दिए “दुर्भाग्यवस ब्याटिंग धरासायी बन्यो र ब्याटरहरुले जिम्मेवारी देखाउन सकेनन्। आक्रामक सट खेल्न खोज्दा लगातार विकेट गुम्न पुग्यो। कम योगफललाई रक्षा गर्न बलरहरुलाई सहज थिएन।“

उपाधि सहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त गर्‍यो । उपविजेताले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए । उनले ५ खेलमा २ प्लेयर अफ द म्याच सहित १७९ रन र ५ विकेट लिएका थिए । आयुबले २० हजार नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे । वेस्ट ब्याट्सम्यान लोटसकै योगेस भाट क्षेत्री र वेस्ट बलर पनि लोटसकै सन्तोष विजले चुनिए । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे ।

उदीयमान खेलाडी लिटल फ्लावरका सुबोध तिवारी चुनिदा उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरूलाई पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले एक समारोहका बिच पुरस्कार वितरण गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...