कैलारीको हिउँदे अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत

धनगढी– कैलालीको कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को हिउँदे गाउँसभा अधिवेशनको दोस्रो बैठकमा पाँच विद्येयकको मस्यौदा प्रस्तुत गरिएको छ ।

Dadeldhura hospital

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा विहिबार बसेको बैठकमा विधेयक समितिका संयोजक विकास चौधरीले पाँच वटा विधेयक पेश गरेका छन ।

Navadurga sun
Godawari sandesh

गाउँपालिकाका हिउँदे अधिवेशनको दोस्रो बैठकमा कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७९, सामाजिक सुरक्षा वितरण कार्यविधि २०७९, फोहोर मैला व्यवस्थापन ऐन २०७९, न्यायिक समिति संचालन कार्यविधि ऐन (पहिलो संशोधन) २०७९ र कैलारी गाउँपालिकाको स्वास्थ्य नीति २०७९ प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए ।

प्रस्तुत गरिएको बिधेयक माथि दफावार अध्ययन छलफल गरी अगामी फागुन १२ गतेको बस्ने बैठकसा पास गरिने प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष बमले जनाए । बैठकमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Loading...