दैजीमा रहेको शारदा माबिको भवन उद्घाटन तथा अभिभावक भेला सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको दैजीमा रहेको शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिकमत बहादुर सिंहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका माननीय सांसद बहादुर सिंह थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो ।

प्रदेश सरकारको सहयोगमा बनेको उक्त बिद्यालय भवनको उद्घाटन माननीय सांसद थापाले गर्नु भएको थियो । त्यस्तै विद्यालयले आफ्नो अभिभावक भेला पनि सम्पन्न गरेको हो ।

Navadurga sun

त्यस्तै अतिथिमा वडा नम्बर ३ का अध्यक्ष मोहन बहादुर गुर्घामी, शिक्षा शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...