उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले ल्यायो एटीएम कार्डको सुविधा

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले कोप कार्ड (एटीएम) सेवा सञ्चालनमा ल्याएको छ । अब सहकारीका सदस्यले एटिएम मार्फत खातामा रहेको बचत झिक्न पाउनेछन् ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश बहादुर चन्दले सहकारीका सदस्यको सहजताका लागि एटिएम सुविधा सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार उदयदेवका शेयर सदस्यहरुले आफ्नो बचत रकम देशभरिमा जुनसुकै एटिएम मेसिनबाट झिक्न सक्नेछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘शेयर सदस्यहरुको सुविधाका लागि कोपकार्ड सेवा सञ्चालनमा ल्याएका छौँ ।’ सहकारीका सिईओ चन्दले भने ‘हाम्रा शेयर सदस्यहरुले कोपकार्डको प्रयोग गरेर देशका जुनसुकै ठाउँबाट पनि बचत रकम झिक्न पाउने छन् ।’

सहकारीले कोप कार्ड सेवाका लागि ग्लोबल आइएमई बैंक सेवा सम्झौता गरेको छ । शेयर सदस्यले ग्लोबल आईएमई बैंकको एटीएम मेसिन प्रयोग गर्दा कुनै शुल्क नलाग्ने सिईओ चन्दले बताए ।

ग्लोबल आइएमइ बाहेकका बैंंकका एटीएम प्रयोग गरेमा न्युनतम सेवा शुल्क लाग्ने उनको भनाई छ । अब शेयर सदस्यले बिदाको दिनमा समेत आफ्नो बचत झिक्न सक्ने छन । सहकारीले महेन्द्रनगर, धनगढी, अत्तरिया, डडेल्धुरा र बैतडीमा सेवा केन्द्र मार्फत सेवा दिदैँ आएको छ ।

उदयदेवदले यसअघि नै आइएमइ रेमिट, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ र टेब्लेट बैंकिङ लगायत सेवा पनि सञ्चालनमा ल्याई सकेको छ ।

Loading...