


कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बेदकोट नगरपालिकाको आयोजनामा शुक्रबारदेखी १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड एवं तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन भएको हो ।



प्रदेश सभा सदस्य बहादुर सिह थापाले एक कार्यक्रमका विच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले राष्ट्र चिनाउने बताए । उक्त कार्यक्रमका सभापति तथा बेदकोट नगरका प्रमुख भोजराज बोहराले नगरपालिकाबाट जिल्ला प्रदेश हुँदै केन्द्रसम्म प्रतियोगितामा सहभागि हुन समेत आह्वान गरेका छन ।


बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगितामा १७ विद्यालयको सहभागिता रहेको बताए । राकेस बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख तुलसी जोशीले गर्नु भएको थियो भने कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा प्रेमी, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि लगायत नगर भित्रका विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता २९ माघसम्म सञ्चालन हुनेछ ।





