कृष्णपुर नगरपालिकाको नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन, उपाधि समैजी मावि किचाईलाई

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । यही माघ २५ गते बुधबार देखि कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । उक्त खेल कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको कृष्णपुर माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न गरिएको हो ।

    

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि समैजी मावि किचाइले हात पार्न सफल भएको छ । उसले १० स्वर्ण, ४ कास्य र २ रजत सहित उपाधि जितेको हो । समैजिले रनिङ शिल्डमा सहभागी २२ विद्यालयलाई पछि पार्दै पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

Dadeldhura hospital

त्यस्तै ४ स्वर्ण, ३ कास्य र २ रजत सहित विणा मावि बिचुवाले दोश्रो स्थान हात पार्न सफल भएको छ भने ३ स्वर्ण, ४ कास्य र ७ रजत सहित कृष्ण मावि मौवाफाँटाले तृतीय स्थान हात पार्न सफल भएको हो । नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १०५ स्वर्ण पदका प्रतिस्पर्धा भएको थियो । उक्त सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल खेलाइएको थियो ।

समापन समारोहका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफुले शिक्षा स्वास्थ्य सँगै खेलकुदलाई प्राथमिकतामा राखेकोले खुलेर खेलकुदका गतिविधिमा सहभागी हुन विद्यार्थीहरुलाई आह्वान गरे । उनले आफू योजनाबद्ध तरीकाले अगाडि बढिरहेको भन्दै कृष्णपुरका खेलाडीहरुको बृहतर हितका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न समापन समारोहको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए । त्यस्तै विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट रहेका थिए ।

अतिथिमा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी, रनिङ शिल्डमा सहभागी विद्यालयका प्राधानाध्यापकहरु रहेका थिए । हजारौं विद्यार्थी र दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।

Loading...