बैतडीमा महिला मृत फेला

Dadeldhura hospital

बैतडी- बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै मृत फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

आफ्नै घरमा मृत अवस्थामा फेला परेकी मडैको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली खटिएको छ।

Navadurga sun
Godawari sandesh
Loading...