कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या

धनगढी- कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्।

उनले मंगलवार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले बताएको छ। बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो।

Navadurga sun

लम्कीमा उपचार सम्भब नभएपछि धनगढी ल्याइएको थियो। उनको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई पक्राउ गरेको छ।

उनलाई मंगलवार बिहान जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...