प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।

Navadurga sun

२७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ।

तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो। उनी केन्द्रको सहमती खोज्दै काठमाडौं आएका छन्। सभामुख चयनका नागरिक उन्मुक्तिले अडान राख्दा तेस्रो प्रयासमा सुदूरपश्चिममा सभामुख निर्वाचित भएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...