नागरिक उन्मुक्तिका सांसद भन्छन् : सत्ता पक्षको कुर्सीतिर छिटो सर्ने मन छ

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्ने नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताए ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए ।

Navadurga sun
Godawari sandesh

१ माघभित्र सम्बोधन गर्ने प्रतिवद्धता पुरा नभएपछि विपक्षी बेञ्चमा बसेको भन्दै उनले भने, ‘हामी विपक्षी बेञ्चमा छौं, पक्षको कुर्सीतिर छिटो सर्ने मन छ । छिट्टै (सत्ता) पक्षको कुर्सीमा बस्न पाइएन भने हाम्रा मतहरु अन्तै सर्नेछन् ।

त्यसको प्रभाव कसलाई कहाँ पर्ने छ, हामी भागिदार हुने छैनौं ।’ यद्यपि बिहीबारको सभामुखको निर्वाचनमा भने सत्ता गठबन्धनका उम्मेदवारलाई नै मत दिने उनले बताएका छन् ।

Loading...