डोटी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

डोटी, १२ जेठ- डोटी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ परेका छन् । डोटीको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका हुन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलवार दिउँसो एकाएक फरार भएका संक्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले मंगलवार राति पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका संक्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि मंगलवार राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा.सुरज श्रेष्ठले जानकारी दिए । संक्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको थियो । भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Loading...