तमसुकले झस्काइरहन्छ डडेल्धुराका मुक्त हलियालाई

डोटी- डडेल्धुरा, अमरगढी नगरपालिका-१० बुडालीका पदम टमटा पूर्वहलिया हुन् । कानूनी रुपमा उनी २०६५ साल भाद्र २१ गते सरकारले गरेको हलिया मुक्तिको घोषणासँगै मुक्त भइसकेका छन् । तर, उनको मनबाट डर भने हटेको छैन ।  मालिकसँग ऋण लिएर व्याजवापत १० वर्ष हलो जोतेका पदमले ऋण लिंदा गरेको तमसुक मालिकसँगै छ ।

Ganyapdhura gau

‘मुक्त त भयौं, तमसुक मालिकसँगै छ,’ उमेरले ६० कटेका पदम भन्छन् ‘मेरा दिन त गइगया, मालिकले छोरानातिलाई ऋण तिर्न भन्ने हुन् कि भन्ने पीर छ ।’ पदम मात्रै हैन, यस्तो चिन्तामा परेका बुडालीका धेरै मुक्त हलियाहरु छन् ।

Navadurga sun
Godawari sandesh

सरकारले ऋण मिनाहसहित हलिया मुक्तिको घोषणा गरेको भए पनि तमसुक मालिकसँगै रहेकाले आफूहरुलाई जुनसुकै बेला पनि खतरा पर्न सक्ने चिन्ता रहेको स्थानीय दुर्गा टमटा बताउँछिन् ।

पदम र दुर्गाजस्तै गाउँका ३० मुक्त हलियाहरुलाई तमसुकले झस्काइरहेको छ । ‘हालसम्म मालिकले तमसुकको विषयमा केही भनेका छैनन् । तर तमसुक नच्यातेको हुँदा आफूलाई चिन्ता लागि रहन्छ’ मुक्त हलिया ठगुवा दमाई बताउँछन् ।

Dadeldhura hospital

आफूहरुले जे जसो गरेर भएपनि जीवन गुजारा गरेको तर आफूले बनाएको कागजले छोरा नातिहरुलाई पनि समस्या पर्ने हो कि भन्ने चिन्तामा छन् मुक्त हलियाहरु । उनीहरु एकै स्वरमा भन्छन्, ‘सरकारले तमसुक फिर्ता दिने व्यवस्था मिलाई दिनुपर्‍यो ।’

पूर्व मालिकसँगको सम्बन्ध हालसम्म त राम्रै रहेको मुक्त हलियाहरु बताउँछन् । ‘उहाँहरुले अहिलेसम्म हामीसंग राम्रो व्यवहार गर्नुभएको छ, ऋणको विषयमा कहिल्लै कुरा उठाउनु भएको त छैन,’ पदम भन्छन् ‘तर कागज (तमसुक) उहाँकै हातमा छ, पैसा फिर्ता मागे कहाँबाट दिनु ?’

थोरै पैसा ऋण लिएर सो को व्याज वाफत हलो जोत्ने, भारी बोक्ने अन्य लाए अह्राएको काम गर्नुपर्ने बाध्यतामा जीवन बिताइरहेका हलियाहरु ऋण तिर्नु नपर्ने गरी मुक्तिको घोषणा हुँदा खुशी भएका थिए, तर तमसुक नच्यातिदाँ भने चिन्तित् छन् ।

‘श्रीमान् हलो जोत्न जानुहुन्थ्यो म पर्सो ९गोबर मल० बोक्ने, खन्ने काम गर्थें’ हलिया हुँदाका दिन सम्झदै एक महिला भन्छिन् ‘बिहान थोरै ढिलो भयो भने मालिकले गाली गर्थे, दिनभरि काम गर्नु पर्थ्यो ।’

ती दिन सम्झे अहिले पनि झसंग हुने गरेको उनी वताउँछिन् । मुक्त हलिया परिचय पत्र समेत नपाएकी उनी भन्छिन्, ‘मुक्त भएकोमा खुशी छु तर तमसुकले झस्काइरहेको छ ।’

Couple
Loading...