डडेल्धुरामा बेपत्ता बालक मारेर खाल्डोमा पुरिएको आशंका

डडेल्धुरा- डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरिएको आशंकामा प्रहरीले उत्खनन गर्ने तयारी गरेको छ। इलाका प्रहरी कार्यालय जोगबुढाको टोली अहिले शंकास्पद घटनास्थल पुगेको छ। प्रहरी  निरीक्षक गंगादत्त बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि विज्ञको टोली मगाइएको बताए।

डाँडाखर्कका बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा छैनन्। उनको परिवारले समेतउनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए।

Navadurga sun

‘त्यसपछि घरपरिवारसंग बुझ्दा बालक १२ गतेदेखि सम्पर्क नरहेको पाइयो, हत्या गरेर खाल्डोमा पुरिएको शंकामा घर नजिकैको खाल्डो उत्खनन् गरिरहेका छौं,’ प्रहरी निरीक्षक बडूले भने, ‘शव भेटिसकेको छैन।’

ADD Khali jpg
ADD Khali jpg
Loading...