जिल्ला खेलकुद समितिका अध्यक्षद्वारा सपथ ग्रहण

धनगढी, ११ जेठ– सुदूरपश्चिम प्रदेश खेलकुद परिषद अन्र्तगत जिल्ला खेलकुद समितिका अध्यक्षहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री तथा परिषदका अध्यक्ष कृष्णराज सुवेदीले एक कार्यक्रमका विच सपथ गराएका हुन ।

परिषदको गत ७ गतेको बसेको बैठकले कैलाली बाहेक अन्य ८ जिल्लाका अध्यक्षहरु मनोनीत गरेको थियो । अछाम मिन बहादुर बोहरा, बाजुरा राकेश थापा, डोटी, नरेश मलासी, बझाङ पुष्पलाल रोकाया, बैतडी चमन कुमार भण्डारी, डडेल्धुरा डम्मर बहादुर थापा, कञ्चनपुर ओम बहादुर बस्नेत लाई जिल्ला अध्यक्षमा मनोनीत गरेको थियो ।

Navadurga sun

कैलालीमा जिल्ला अध्यक्ष भने केही दिनमा टुंगाउने सदस्य सचिब दिपक बहादुर सिंहले जानकारी दिए । साथै मनोनीत अध्यक्षरुले आजै नियुक्ती दिइने दिइने सदस्य सचिब सिंहले जानकारी दिए । सपथ ग्रहण कार्यक्रममा प्रदेश परिषद सदस्य झलक शाह, दुर्गा शर्मा लगाएतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...