सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदलाई कार्वाही गरिने : मन्त्री आले




धनगढी, ११ जेठ- वन तथा वातावरण मन्त्री प्रेम आले ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन् ।



सुर्य चिन्हबाट चुनाव लडेर बिजयी भएका सबै सांसदहरुले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन जारी भइसकेको बताउँदै आलेले पार्टीको निर्देशन सबैले मान्नुपर्ने बताए ।


मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीलाई अक्सिजन ग्याँस र मास्क सहयोग गर्न धनगढी पुगेका आलेले सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै पार्टीको निर्देशन नमान्ने सांसदलाई कार्वाही गरिने बताए । संघमा माओवादीले समर्थन फिर्ता लिइसकेको अवस्थामा सुदूरपश्चिम सरकार माओवादी नेतृत्वमै भएकाले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वको सरकार गठन गर्नुपर्ने आलेको जोड दिए । आलेले सुदूरपश्चिममा सबैभन्दा ठुलो दल एमालेनै भएका कारण एमाले नेतृत्वमै सरकार बनाउन सरकारमा रहेका मन्त्रीहरुले राजिनामा गर्दै सरकारको समर्थन फिर्ता लिन आग्रह गरे ।
आलेले सर्बोच्च अदालतमा संसद पुर्नस्थापनाका लागी किर्ते हस्ताक्षर गएको समेत जिकिर गरे । एमालेका धेरै सांसदहरुले काग्रेंस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा असन्तुस्टी जनाउँदै हस्ताक्षर गर्न नमानेपनि उनिहरुको किर्ते हस्ताक्षर गरी सर्बोच्चमा पठाइएको उनले जिकिर गरे । संबिधान अनुसारनै प्रधानमन्त्रीले संसद बिघटन गरेको बताउँदै आलेले समयमै चुनाव हुने दावी समेत गरेका छन् ।



