संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं- संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो १ बजे दुवै सदनको बैठक आरम्भ हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन्।

Ganyapdhura gau

अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। बैठकका अन्य कार्यसूची यसअघि नै टुङ्गो लागिसकको छ। बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन्। पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराइनेछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो। यो नियमावली संशोधन गर्ने भन्ने दलभित्र समझदारी छ।

पहिलो बैठकमा अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ। यस्तै प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनबारेको पत्र पनि संसदलाई जानकारी गराइनेछ। यस्तै राष्ट्रिय सभामा पनि अधिवेशन आह्वानको पत्र, प्रधानमन्त्री चयनको पत्रको बेहोराबारे जानकारी गराइनेछ।

बैठकमा शोक प्रस्तावको समेत कार्यसूची रहनेछ। संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल र झुलबहादुर आले तथा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका पूर्वसदस्य मैयादेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित हुनेछ। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आरम्भ गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

 

Couple
Loading...